तनहुँमा निर्वाचन प्रहरी तालिम सुरु

  जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गरेकाे छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएकाे हो । निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको […]

घमन्ड नगरी भन्ने हो भने हामी बहुमतका साथ विजयी हुन्छौँ : रास्वपा उम्मेदवार सापकोटा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत क्षेत्र नम्बर २ मा आफूहरू विजयी हुने दाबी गरेको छ। एमाले, कांग्रेस र माओवादी जस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश सापकोटाले आफूहरू भारी मतका साथ विजयी हुने ठोकुवा गरेका हुन्। यातायात व्यवसायी समेत रहेका सापकोटाले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चुनावी मैदानमा आफ्नो पक्षमा […]

सडक दुर्घटनाको कहर : काठमाडौँदेखि झापासम्म चार जनाले गुमाए ज्यान

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौँ, कपिलवस्तु, गोरखा र झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ती व्यक्तिहरूले ज्यान गुमाएका हुन्। काठमाडौँको बालकुमारी पुल नजिकै शनिबार राति बा.प्र.०३-०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ। अन्दाजी ५० वर्षीया ती महिलाको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा गम्भीर घाइते […]

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै  गुरुङले  मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए । उनले नेपालको अर्थतन्त्र सुधार […]

महोत्तरी-२ का मतदाताका गुनासा : बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन् । “हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका […]

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल […]

‘सरकारी ‘ब्लन्डर’ र मन्त्रीको ‘स्टन्ट’ ले पूर्वाधार विकास ठप्प’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले अबको घोषणापत्रमा राजनीतिक एजेन्डालाई थाती राखेर आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले मुलुकको निकासका लागि अब परम्परागत राजनीतिक नाराभन्दा रोजगार सिर्जना र सुशासनको ठोस योजना आवश्यक रहेको […]