निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोलफागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ ।

निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ ।

प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती उच्च अधिकृत भन्छन्, ‘सेनाले हाम्रो मागअनुसार हतियार स्वीकृत गरेको छ ।’ सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशमा पठाइने र त्यहाँबाट आवश्यकता अनुसार प्रयोग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनी प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर निर्वाचन सुरक्षामा प्रयोग गरेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि प्रहरीले सेनासँग चिनियाँ पेस्तोल सापटी लिएको थियो ।