कांग्रेस सभापति गगन थापाले आज पद तथा गोपनियताको शपथ लिँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली आज हुने भएको छ। बडादसैँ फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज अपराह्न २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ।

कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथ ग्रहण तथा पद बहालीका लागि कार्यक्रम तय गरिएको हो। शपथ ग्रहण तथा पद बहाली समारोहमा सहभागी हुन नेपाली कांग्रेस केन्द्रीय कार्यालयले उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गर्ने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसको महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ।