रास्वपामा विचार छैन, सत्तामा पुग्ने हतारो मात्रै छ : विप्लव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रास्वपामा विचार छैन, सत्तामा पुग्ने हतारो मात्रै छ :  विप्लवनेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरुले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए ।

महासचिव विप्लवले नयाँ पार्टीहरुले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवादी संस्कार अंगिकार गरेको जिकिर समेत गरे । उनले विचार केही होइन भन्नेहरुले उपभोगवादी संस्कृतिलाई प्राथमिकतामा राखेको समेत बताए ।

महासचिव विप्लवले भने, ‘विचार केही होइन, पार्टी र नेता भए हुन्छ । यो त नयाँ भन्नेहरुको सिद्धान्त हो । अहिले के देखिन्छ भने सिद्धान्त र विचारको कुरा गर्नु हुँदैन ।  यो कस्तो तरिका हो भने भने पुँजीवादीहरुको तरिका हो । पुँजीवादमा पनि अहिले यो लोकप्रियतावादको नारा हो यो । मान्छे देखाउने, अनि केही भ्रम छर्ने अनि हत्तनपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो । त्यसो हुनुहुँदैन ।’

महासचिव चन्दले कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाबाट आफ्नो पार्टी पछि हटेको भनेर भ्रम छर्ने काम गरिएको प्रतिक्रिया पनि दिए । –न्युज एजेन्सी नेपाल