ओलीले लिखित बयान दिएसँगै स्थानहदको विषयमा निर्णयको तयारीमा आयोग

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ । ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकारेका छन् । आयोगको टोलीले आज भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही दिनमै निर्णय गर्ने जनाएको […]

सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको सुरु (तस्वीरसहित)

‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति […]

समानुपातिक बन्द सूचीको गल्ती सच्याउन २७ गतेसम्मको समय

निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए । कागजात, उमेर नपुगेकालगायतका सबै त्रुटि पहिल्याएर […]

बालेनसहित २६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रुपमा अनुमोदन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले  समीक्षा बाँस्कोटा र रञ्जु दर्शनासहित सातजनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो।

सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम

‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेची पुलस्थित सीमा इलाकाबाट आइतबार बिहान झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म […]

हत्या आरोपमा चार युवा पक्राउ

ओखलढुङ्गामा घटेका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –३ का २८ वर्षीय मिलन भन्ने संगम […]

जाँचबुझ आयाेगले ओलीको घरमै गएर लियाे बयान

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयानको औपचारिकता पुरा गरेको छ । आयोगले सहसचिव मार्फत प्रश्नहरु पठाएर लिखित बयान लिएको हो । भदौ २३ गते झण्डै दुई दर्जन जेनजी युवाहरुको ज्यान जाने घटनाका मूख्य जिम्मेवार ठानिएका ओलीसंग आयोगले बयानका नाममा केही […]

प्रचण्ड भारत जाँदै

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत जाँदैहुनुहुन्छ । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लाग्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या […]

गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आङ्कलन र सुरक्षा रणनीति बारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको हो।