पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत जाँदैहुनुहुन्छ ।
नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लाग्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रम छ । भारत उहााको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयको भनाइ छ ।