स्वतन्त्रतापूर्वक बोल्न र हिँड्न पाउनुपर्छ भन्ने भावनाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन्। पोखरामा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका हुन् । त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा जगाएको […]
सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला
दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि फुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव छुट्टाछुट्टै नदी किनारमा भेटिएको हो। फुर्कुटीको शव […]
आनी छोइङको नियुक्तिमाथि कांग्रेसको प्रश्न, सरकारको रबैयाको समर्थन गर्न सकिँदैन
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिप्रति प्रश्न उठाएका छन्। लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्। पौडेलले नियुक्तिबारे उठेका प्रश्न सम्बोधन गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आपत्ति जनाएका […]