राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यका रुपमा अनुमोदन गरेको छ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
यसअघि आजै बसेको केन्द्रीय समिति बैठकले समीक्षा बाँस्कोटा र रञ्जु दर्शनासहित सातजनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो।