कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो।

अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा रहेको छ।