जाँचबुझ आयाेगले ओलीको घरमै गएर लियाे बयान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयानको औपचारिकता पुरा गरेको छ ।

आयोगले सहसचिव मार्फत प्रश्नहरु पठाएर लिखित बयान लिएको हो । भदौ २३ गते झण्डै दुई दर्जन जेनजी युवाहरुको ज्यान जाने घटनाका मूख्य जिम्मेवार ठानिएका ओलीसंग आयोगले बयानका नाममा केही प्रश्नहरुको जवाफ लिएकै भरमा बयानको औपचारिकता पुरा गरेको हो ।

ओलीले शुरुदेखि नै आयोगलाई अस्वीकार गर्दै आएका थिए भने आयोगमा गएर बयान पनि नदिने बताउँदै आएका थिए । ओलीले बयान दिन अस्वीकार गरे कानुन अनुसार अघि बढ्ने भन्दै आएको आयोगले ओलीको घरमै कर्मचारी पठाएर केही प्रश्नहरुको जवाफ लिएको हो ।

त्यसकै भरमा ओलीको बयान सम्पन्न भएको पनि आयोगले जनाएको छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसंग भने आयोगको कार्यालयमै डाकेर दुई दिनसम्म बयान लिएको थियो भने कर्मचारी र प्रहरी अधिकारीहरुसंग हप्तौं बयान लिएको थियो ।