कम्युनिस्ट क्युबालाई जे चाह्यो त्यही गर्न सक्ने ट्रम्पको टिप्पणी

फाइलअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट राष्ट्र क्युबासँग जे मन लाग्यो त्यही गर्न सक्ने बताएका छन्। ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै आफूले कुनै न कुनै रूपमा क्युबा लिने अवसर पाउने ट्रम्पले जनाएका छन्। ‘मैले यसलाई स्वतन्त्र गराऊँ वा कब्जा गरूँ, यदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने मलाई लाग्छ कि म योसँग जे चाहन्छु त्यही गर्न सक्छु,’ […]

रास्वपाले प्राप्त जनादेशलाई सदुपयोग गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा निर्वाचनबाट प्राप्त जनादेशलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सदुपयोग गर्नुपर्ने बताएका छन् । मंगलबार पत्रकार विपुल पोखरेलद्वारा लिखित सङ्कलन पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् । विं.सं. २०७२ सालतिर आएको दुई तिहाइको शक्ति कसरी खेर गएको भन्ने विषय सबैलाई अवगत रहेको उल्लेख गर्दै त्यतिबेला प्राप्त बहुमत टिक्न नसकेको […]

समानुपातिकतर्फ कर्णालीको प्रतिनिधित्व घट्यो, ५ वटा दलबाट एक–एक जना समेटिए

प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ कर्णालीको प्रतिनिधित्व घटेको छ । ०७९ मा सम्पन्न निर्वाचनको तुलनामा फागुन २१ मा सम्पन्न निर्वाचनबाट समानुपातिकतर्फ कर्णालीको प्रतिनिधित्व घटेको हो । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा कर्णालीबाट समानुपातिकतर्फ ८ जनाको प्रतिनिधित्व थियो । अहिले जम्मा ५ जनाले स्थान पाएका छन् । पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल एमाले, नेपाली […]

स्रोत नखुलेको १० लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । चीनको हुवान घर भएका जियाङ आइतबार पक्राउ परेका हुन् […]

यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सोमबार जाँचबुझ आयोगले बुझाएको हो । मन्त्रिपरिषद्को गत मंसिर २२ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम यातायात क्षेत्रसम्बन्धी सर्वोच्च […]

सैन्य सुरक्षामा स्ट्रेट अफ हर्मुज खोल्नु राम्रो विकल्प होइन–आईएमओ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा सैन्य सुरक्षामा जहाजहरू आवागमन गराउन भनिरहेका छन् । उनको यस योजनामा देशहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । यसैबिच संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले यसरी हर्मुजबाट जहाजहरू आरपार गराउनु दिगो वा सुनिश्चित सुरक्षा उपाय नभएको बताएको छ । सैन्य कूटनीतिक मार्गदर्शनले जोखिम घटाउने भए पनि जहाजहरूको १०० […]