कांग्रेस राष्ट्रिय सम्मेलनको प्रस्ताव लेखनका लागि एनपी साउदको नेतृत्वमा समिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्ताव र प्राप्त सुझावहरूलाई परिमार्जनसहित लिखित रूप दिन समिति गठन गरिएको छ।

कांग्रेस राष्ट्रिय सम्मेलनको प्रस्ताव लेखनका लागि एनपी साउदको नेतृत्वमा समिति गठनगत साउन २० र २१ गते सम्पन्न सम्मेलनमा प्रस्तुत विभिन्न राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावहरूमाथि प्रतिनिधिहरूले दिएका सुझावहरूलाई समेटेर अन्तिम दस्ताबेज तयार पार्ने जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ।

साउदको संयोजकत्वमा गठित समितिलाई सम्मेलनका निष्कर्षहरूलाई आधिकारिक रूपमा लिपिबद्ध गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सिता राना सदस्य छन् । यस्तै, समितिको कार्यलाई सहयोग पुर्‍याउनका लागि केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइँकेललाई सहयोगीको रूपमा तोकिएको छ।

यो समितिले सम्मेलनका क्रममा आएका महत्त्वपूर्ण राय र भावनाहरूलाई समेट्दै पार्टीको आगामी कार्यदिशा र विशेष प्रस्तावहरूलाई परिमार्जन गरी अन्तिम प्रतिवेदन तयार पार्नेछ।

सो प्रतिवेदनलाई पार्टीको आधिकारिक दस्ताबेजका रूपमा सार्वजनिक गरिने घोषणा गरियो। दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी चुनावी रणनीतिका बारेमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको थियो।