भारतीय सेनाप्रमुख सेठ र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता : विपद् राहत सामग्री हस्तान्तरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चार दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख जनरल धिरज सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।

सैनिक मुख्यालयमा भएको भेटका क्रममा उनीहरूबिच द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको छ। सो अवसरमा जनरल सेठले नेपाली सेनालाई विपद् राहतका लागि विद्युतीय बस र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।

त्यसअघि, सेनाप्रमुख उनले सैनिक मञ्च टुँडिखेलमा सहिदहरूप्रति माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

यसैबिच, आज नै शीतलनिवासमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

पदवी ग्रहणपछि उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्दै आपसी हितका विषयमा कुराकानी गरेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ।