जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ।
पार्टीले जारी गरेको परिपत्रअनुसार एकतापछि बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन्।
त्यस्तै, सहअध्यक्षमा शरतसिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन्। उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रियता सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणुकुमारी यादव रहेका छन्।
एकतापछि गठन गरिएको नयाँ केन्द्रीय समितिमा संरक्षक, अध्यक्ष, सहअध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्षलगायत गरी ३३ सदस्यीय पदाधिकारी रहेका छन्।
दुई पार्टीबीचको एकीकरणपछि संगठनात्मक संरचना निर्माण गर्दै नयाँ केन्द्रीय समिति गठन गरिएको हो। नयाँ समितिले पार्टीको आगामी राजनीतिक गतिविधि र संगठन विस्तारलाई अघि बढाउने जिम्मेवारी पाउनेछ।