डीएसपी सवार गाडीले सांसद सवार गाडीलाई ठक्कर दिएको पुष्टि

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई ठक्क दिएको पुष्टि भएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ […]
साताव्यापी चीन भ्रमणमा जाँदै पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन भ्रमणमा जाने भएकी छन् । पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उनी चीनको सरकारी निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने कार्यक्रम तय भएको छ । उनले केही एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् । ‘भ्रमण तालिका तयार हुँदैछ, पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने […]
रविको निवेदनमाथि आज सुनुवाइ, हेर्न मिल्ने न्यायाधीशको इजलासमा राखिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएको छ । बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दा पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि सुनुवाइ रोकिँदै आएको छ । रविको मुद्दा पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि नमिल्नेबाहेकका न्यायाधीशकोमा राख्ने व्यवस्था मिलाउन आइतबार आदेश भएको छ । अदालत प्रशासनका अनुसार सोमबार हेर्न नमिल्ने न्यायाधीशबाहेककोमा रविको रिटको पेसी तोकिनेछ । आइतबार […]
हुम्लाका बाढीपहिरो प्रभावितलाई सुरक्षित बासको व्यवस्था मिलाऔं, उद्धारमा जुटौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । साथै जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्थानीय […]
गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल

गाजा युद्ध रोक्न र सबै बन्धकहरूलाई रिहा गर्न इजरायली वार्ताकारहरूले व्यापक सम्झौताको सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले आइतबार यस्तो बताएको हो । कतारको राजधानी दोहामा रहेका वार्ताकारहरू यो काम फत्ते गर्न लागि परेको बताइएको छ । यो वार्ता अमेरिकी विशेष दूत स्टिभ विटकफले दिएको प्रस्तावको आधारमा भइरहेको छ […]
लुक्ला उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण

लुक्ला उडेको समिट एयरको ट्वीनअटर जहाज पुनः काठमाडौं फर्किएको छ। सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७:२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो। ‘इन्जिनमा समस्या आएपछि फेरि काठमाडौं डाइभर्ट गरिएको थियो। विमानस्थलमा सुरक्षित अवतरण भयो,’ […]
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह

नेपालमै पहिलोपटक गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन तथा व्यवस्थापन सम्बन्धी नियमावली जारी गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले राइड सेयरिङलाई वैधानिकता दिने गरी नियमावली पारित गरिएको हो । नियमावली पारित भएपछि राइडर्सहरु उत्साहित देखिएका छन् । राइडर्स तथा सेल्फ ड्राइभ व्यवसायीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर नियमावली पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका […]
१५ जेठबाट हुने आन्दोलनबारे सरकारले भ्रम फैलाउँदैछ : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठदेखि काठमाडौंमा हुने आन्दोलन हिंसात्मक हुन्छ भन्दै सरकारले भ्रम फैलाउन खोजेको बताएका छन् । सुनसरीको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन शान्तिपूर्ण हुने बताए । ‘निर्धक्क भएर काठमाडौं आउनुहोस्, गणतन्त्र मान्दिनँ, धर्मनिरपेक्षता मान्दिनँ भन्ने अधिकार संविधानले नै दिएको छ । संविधानको धारा २७४ ले […]
भूमि बैंक खारेज गर्न संयुक्त किसान संघर्ष समितिको माग

६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरु आबद्ध संयुक्त किसान सघर्ष समितिले भूमि बैंक खारेज गर्न माग गरेको छ । खारेज नगरे सशक्त आन्दोलनको गर्ने चेतावनी पनि दिएको छ । आइतबार काठमाडौंको संवाद डबलीमा कार्यक्रम गरी किसान संगठनहरुले भूमि बैंकको अवधारणालाई ग्रामिण क्षेत्रका किसानहरुको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनी र स्वदेशी दलाल पुँजीपतिहरुलाई सुम्पने षडयन्त्र भएको […]
मिस वर्ल्डमा ‘स्पोर्ट्स च्यालेन्ज’ : नेपालको प्रयास प्रशंसनीय, इस्टोनियाले जित्यो स्वर्ण

७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ अहिले भारतको तेलगांनामा जारी छ । शनिबार प्रतियोगिताको महत्वपूर्ण विधा ‘स्पोर्ट्स च्यालेन्ज’ आयोजना भयो । यो विधामा इस्टोनियाकी एलिस रान्डमाले स्वर्ण जितिन् । यो जितसँगै उनी क्वार्टरफाइनल (उत्कृष्ट ४०) मा प्रवेश गर्ने पहिलो प्रतियोगी बनिन् । प्रतियोगीलाई टिम अमेरिका र क्यारेबियन, टिम अफ्रिका, टिम युरोप र टिम एसिया […]