कांग्रेस विशेष महाधिवेशन पक्षका भण्डारी र शर्मा नेतृत्व चयन प्रक्रियाबाट अलग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षमा खुलेका नेता चन्द्र भण्डारी र निवर्तमान सांसद सुनिल शर्मा नेतृत्व चयन प्रक्रियाबाट अलग भएका छन्।

नयाँ नेतृत्व चयन गर्दा पार्टी विभाजनमा जाने भन्दै अन्तिम समयसम्म एकताका लागि पहल गर्ने पक्षमा दुवै जना उभिएका छन्।

विशेष महाधिवेशनले निर्वाचन कार्यतालिकासहित मतदाता नामावली समेत प्रकाशन गरिसकेको छ।

उता संस्थापन पक्षले भने केन्द्रीय समितिको बैठक गरेको छ। उक्त बैठकमा नेताहरु सहभागी भएका छन्। दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशनमा रहेकाले सहभागी भएनन्