नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

 नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरिने उल्लेख छ । ‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ,’ […]

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा जारी विशेष महाधिवेशनका समयमा डाकिएको […]

समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएपछि हलचल पैदा भएको छ। सबैभन्दा बढी हलचल नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको हो। रास्वपाबाट डा. महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आसिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता […]

काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियस

 आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले […]