
ललितपुर र बर्दियामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
ललितपुरको गोदावरी नगरपालिका–९ बुरमचुली जंगलस्थित खोल्सामा मंगलबार एक युवकको शव फेला परेको छ। अन्दाजी ३० वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन। स्थानीयले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यस्तै, बर्दियाको राजापुर नगरपालिका–६ झट्टीमा ३६ वर्षीय रोशन डगौरा थारू आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। मंगलबार उनी आफ्नै निवासमा मृत भेटिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।