नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको छ ।मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारहरूको मनोनयन दर्ता सुरु भएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।