नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी एकता जोगाउन आफूहरू अधिकतम लचक हुन तयार रहेको बताएका छन् ।
केन्द्रीय समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका निधिले विशेष महाधिवेशनपक्षधरको निर्णयको पर्खिरहेको र पार्टी जोगाउनुपर्छ भनेर छलफल गरिरहेकोब ताएका हुन् ।
उनले भने, ‘हामी अधिकतम लचकता अपनाउने गरी केन्द्रीय कार्यालयमा कुरिरहेका छौँ । वार्ता टोलीले ब्रिफिङ गरेपछि उपयुक्त निर्णय गर्नेछौँ ।’
दिउँसो १ बजेका लागि भनेर डाकिएको केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन ।
नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, निधि, कृष्णप्रसाद सिटौलासहितका नेताहरू छलफलमा छन् । केन्द्रीय सदस्यहरू भने शीर्ष नेतालाई कुरेर बसिरहेका छन् ।
आजको बैठकमा विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू केन्द्रीय समिति बैठकमा सहभागी हुनेछैनन् ।