नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रले महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनलाई पारित गरेको छ ।
सोमबार र आज मंगलबार दिनभर प्रतिवेदनमाथि छलफल गरिएको थियो । छलफलपछि अन्तिममा महामन्त्री थापा र शर्माले त्यसमाथि थप प्रष्ट पारेका थिए । लगत्तै उनीहरूले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको घोषणा गरियो ।थापाले राजनीतिक प्रतिवेदन र शर्माले बदलिएको देश/बदल्नुपर्ने कांग्रेस, सद्भाव, सुशासन र समुन्निको नवीन यात्रा विषयक प्रतिवेदन पेस गरेका थिए ।