हिमाचलमा ग्यास विस्फोट : ९ जना नेपालीकाे मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।
भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जना नेपालीको मृत्यु भएको छ ।
आफुहरु सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा भएको आगलागीमा परि नौ जनाको मृत्यु भएको संचारमाध्यले जनाएका छन् ।

विस्फोटपछि आगलागी हुँदा वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन् । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् ।

यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक रहेको बताइएको छ ।

उनीहरू विगत दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । एकै गाउँका नौ जनाको मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ अहिले शोकमा डुबेको छ