कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको समय थप गरिएको छ ।
निर्वाचन समितिले सुरुमा सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको थियो ।
अहिले उक्त समय बढाएर ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।