राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि बालराम थापालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीका जिल्ला उपसभापति रहेका थापालाई एकल रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष रेसम थापाले जानकारी दिए । लगातार माओवादी केन्द्रले जित्दै आएको रोल्पामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।
जिल्ला अध्यक्ष थापाका अनुसार अन्य दलका उम्मेदवारलाई टक्कर दिन सक्ने क्षमता र हैसियत भएकाले उपसभापति थापालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

रोल्पाबाट पछिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन निर्वाचित भएका थिए । हाल नेकपाबाट उम्मेदवारको नाम प्रस्तावित भइरहेका छन् । यस्तै, विप्लव नेतृत्वको नेकपा माओवादीबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एकल सिफारिस भएका छन् ।
रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकका अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये हालसम्म रोल्पाबाट मात्र एकल सिफारिस प्राप्त भएको छ ।