दृष्टि आँखा अस्पताल र पोखरा उद्योग वाणिज्य संघबीच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा: पोखरा उद्योग वाणिज्य संघ र पोखराकै दृष्टि आँखा अस्पतालबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब संघका सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्री ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस सहकार्यको मुख्य उद्देश्य पोखरा महानगरपालिका मा रहेका दुवै संस्था मिलेर उद्योगी, व्यवसायी र दैनिक ज्यालादारी गर्ने मजदुरसमेतलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु रहेको छ।

सम्झौताको प्रावधानअनुसार, संघका सदस्य वा कर्मचारीले आफ्नो परिचयपत्र वा संघको सिफारिस पत्र देखाएर सेवा लिन सक्नेछन्। यसरी उपचार गराउँदा उनीहरूलाई ओपीडी सेवामा १५ प्रतिशत, चेकजाच र प्रयोगशालामा २५ प्रतिशत, चश्मा र चस्माजन्य सामाग्रीमा ३० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट दिइनेछ। साथै बर्ष को एक पटक सस्थाका पदाधिकारी ,कार्यसमिति सद्स्य र कर्मचारिहरुलाई निशुल्क चेकजाच सुबिधा उपलब्ध हुनेछ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दैनिक ज्यालादारी गर्ने मजदुरदेखि ठूला व्यापारीसम्मलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो सम्झौता महत्त्वपूर्ण रहेको बताए। उनले नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र पूर्व भारतीय सैनिकका लागि समेत अस्पतालले सेवा दिइरहेको हुँदा यो सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
यो सम्झौता आजको मितिदेखि लागू हुनेछ ।