देउवा कांग्रेस खोटाङको अधिवेशनबाट सभापतिमा रोजन राई निर्विरोध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

देउवा कांग्रेस खोटाङको अधिवेशनबाट सभापतिमा रोजन राई निर्विरोधनेपाली कांग्रेस देउवा पक्षको खोटाङको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । पार्टीभित्रको आन्तरिक सहमति र समन्वयका आधारमा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको कांग्रेस नेता भूपेन्द्र राईले जानकारी दिए ।

जिल्ला अधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमितितर्फ पनि नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। जसअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा उद्धव राई र प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिमा सुनिलचन्द्र राई निर्वाचित भएका छन् । दुवै क्षेत्रमा पदाधिकारी तथा सदस्यहरू समेत चयन भएका छन्।यसै अधिवेशनबाट जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरूका साथै पार्टीको नीति निर्माण तहमा प्रतिनिधित्व गर्ने केन्द्रीय महासमिति सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिहरू समेत निर्वाचित भएको नेता राईले जानकारी दिए ।