पोखरा १४ मा मिलनसार आमा समूहद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

पोखरा: पोखरा-१४ स्थित मिलनसार आमा समूहले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार पोखरा-१४, इगल आई रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा समूहका सदस्यहरू, स्थानीय बासिन्दा र अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमकी अध्यक्ष सृजना श्रेष्ठले सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र एकता बढाउन मद्दत पुग्ने बताउनुभयो। […]
पोखरा महानगरको सहयोगमा शिवमार्ग “क” टोलमा सामुदायिक भवन निर्माण सम्पन्न, मेयर आचार्यद्वारा समुद्घाटन

पोखरा, शनिबार – पोखरा महानगरपालिका-१४ स्थित शिवमार्ग “क” टोल विकास संस्थाको नवनिर्मित सामुदायिक भवनको शनिबार समुद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त भवनको समुद्घाटन गर्नुभएको हो। स्थानीयवासी, महानगरपालिका र विभिन्न सहयोगीहरूको संयुक्त प्रयासबाट निर्माण सम्पन्न भएको यो भवन सामुदायिक सहकार्यको एक उत्कृष्ट नमुना बनेको छ। कुल ३२ लाख १२ हजार ३४९ रुपैयाँको लागतमा […]
आवधिक निर्वाचन समयमै हुने कुरालाई कसैले हल्लाउन सक्दैनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एशियाका अधिकांश देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताउनुभयो । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । निर्वाचन सम्बन्धी […]
दृष्टि आँखा अस्पताल र पोखरा उद्योग वाणिज्य संघबीच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

पोखरा: पोखरा उद्योग वाणिज्य संघ र पोखराकै दृष्टि आँखा अस्पतालबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब संघका सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्री ले सम्झौतापत्रमा […]
रोजगारीका लागि साउनमा बाहिरिए ६८ हजार युवा

v चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा ६८ हजारभन्दा धेरै युवा रोजगारीको सिलसिलामा बाहिरिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार ६८ हजार ११० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा पुरुष ५८ हजार ९४८ जना छन्। त्यस्तै ९ हजार १६२ जना महिलाले श्रम स्वीकृति लिएका छन्। युवाहरूले मलेसिया, खाडीका […]
सुटकेसभित्र मृत भेटिएकी महिलाको घर भारत, छोरा पढाउन बसेकी थिइन् माइतमा

रौतहटमा सुटकेशभित्र मृत भेटिएको महिलाको पहिचान खुलेको छ। मृतक महिला रौतहटकै माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिए। मृतककी आमा र दाइले शवको सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए। ‘आमा र दाइसहित अरू आफन्तहरू पनि आउनुभएको थियो। उहाँहरूले सनाखत गरिसक्नुभएको छ,’ […]
निजी विद्यालय गैरनाफामुलक बनाउने व्यवस्था परिमार्जन गर्नुपर्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने व्यवस्थालाई परिमार्जन गरिनुपर्ने बताएका छन्। ढिलोचाँडो निजी विद्यालयलाई गैरनाफामुलक बनाउने व्यवस्था राख्दा निजी क्षेत्र निरूत्साहित हुने शर्माको भनाइ छ। ‘निजी क्षेत्रका विद्यालयहरूलाई क्रमश गैरनाफामुलक बनाउँदै जाने पारित प्रस्ताव मुलुकले अंगिकार गरेको `सामाजिक न्याय सहितको खुला बजार अर्थव्यवस्था´ को नीति विपरीत छ,’ प्रज्ञा […]
साउदीमा रोनाल्डो फेरि उपाधिविहीन

साउदी अरेबिया पुगेपछि पहिलोपटक उपाधि जित्ने पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको योजना पुन: असफल भएको छ । शनिबार हङकङ रंगशालामा भएको साउदी सुपर कपको फाइनलमा अल नारस पेनाल्टी सुटआउटमा अल अहलीसँग पराजित भयो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ अल नासर पाँच–तीनले पराजित भएको हो । पेनाल्टीमा अल अहलीका लागि इभान […]
वीरगन्जमा हैजा, चारवटा वडामा ४१ जनामा संक्रमण पुष्टि

वीरगन्ज महानगरपालिकाको केही वडामा हैजा (कोलेरा)को महामारी फैलिएपछि विभिन्न अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म हैजा (कोलेरा)को बिरामी देखिएपछि अस्पतालमा भर्ना भएका हुन् । शनिबार साँझसम्म वीरगन्ज महानगरको चार वडाका ४१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए […]
थारु समुदायले आज अटवारी पर्व मनाउँदै

पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ […]