सुन–चाँदीको मूल्य बढ्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

क्रबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।

बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार भने प्रतितोला एक लाख ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ।

शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले बढेको छ। बिहीबार २२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार २२ सय ८० रूपैयाँ कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।