गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा, चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलहरु छन् । गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको […]

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्धारा पदभार ग्रहण

पोखरा– नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (च्द्यद्यी) को सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उहाँले पदभार ग्रहण गर्नुभएको हो । ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा […]

नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता

नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो। माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो।

हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

सिमकोट गाउँपालिका- १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए। डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर […]

पेस्तोल र लागुऔषधसहित २ जना पक्राउ

सुर्खेतमा पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका-८ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। वीरेन्द्रनगरको कालिन्चोक एरियामा ठूलो मात्रामा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। घिमिरे […]

लेकसाइडको बाराही घाटदेखि फेवा घाटसम्म दोस्रो दिन पनि सरसफाइ अभियान जारी

पोखरा,  — पोखरा महानगरपालिका र स्थानीय समुदायको सहकार्यमा लेकसाइडको पैदल मार्ग (फुट ट्र्याक) बाराही घाटदेखि फेवा घाटसम्म आज दोस्रो दिन निरन्तर सरसफाइ गरिएको छ । बिहान ८ बजे सुरु भएको अभियानमा स्थानीय फुटपाथ व्यापारी, पर्यटन व्यवसायी, युवा क्लब तथा स्वयंसेवक गरी करिब डेढ सय व्यक्तिको सक्रिय सहभागिता रह्यो । उनीहरूले विभिन्न ठाउँमा छरिएको प्लास्टिक, बोटबिरुवा काटिएकाका अवशेष र घर-बगैँचाबाट बगेर आएको फोहोर […]

च्यासलमा सुरु भयो एमाले पोलिटब्यूरो बैठक

नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ । बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानका केही व्यवस्था परिवर्तन गर्ने प्रस्ताव गरेको छ । ती प्रस्तावलाई पोलिटब्यूरो बैठकमा छलफल गरेर पारित गरिनेछ । त्यसपछि ती प्रस्ताव केन्द्रीय […]

भिरबाट लडेर एक युवकको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु  भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए । बिहीबार साँझ भिरबाट लडेर […]

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

 नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ […]

सुन–चाँदीको मूल्य बढ्यो

क्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार भने प्रतितोला एक लाख ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ। शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले […]