पोखरा–१४ मा नेकपा (एकीकृत समाजवादी) को प्रथम वडा अधिवेशन हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरकमिटी वडा नम्बर १४ को प्रथम वडा अधिवेशन २१ गते हुँदैछ। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारासहितको अधिवेशन पोखरा–१४ स्थित शिवमार्ग क,टोलको सामुदायिक भवनमा दिउँसो १२ बजे सुरु हुनेछ।

वडा कमिटीका अध्यक्ष बलबहादुर मगरका अनुसार अधिवेशनलाई भव्य र प्रभावकारी बनाउन व्यापक तयारी गरिएको छ। “वडावासी सबैलाई कार्यक्रममा सहभागिता जनाउन आमन्त्रण गरिएको छ,” अध्यक्ष मगरले जानकारी दिनुभयो।

कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य धनराज आचार्य प्रमुख अतिथि रहनेछन्।

यस अधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण, नीति निर्माण र स्थानीयस्तरमा नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय कार्यकर्ता तथा बासिन्दा अधिवेशनप्रति उत्साहित देखिएका छन्।