पोखरा–१४ मा नेकपा (एकीकृत समाजवादी) को प्रथम वडा अधिवेशन हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरकमिटी वडा नम्बर १४ को प्रथम वडा अधिवेशन २१ गते हुँदैछ। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारासहितको अधिवेशन पोखरा–१४ स्थित शिवमार्ग क,टोलको सामुदायिक भवनमा दिउँसो १२ बजे सुरु हुनेछ। वडा कमिटीका अध्यक्ष बलबहादुर मगरका अनुसार अधिवेशनलाई भव्य र प्रभावकारी बनाउन व्यापक तयारी गरिएको छ। “वडावासी सबैलाई कार्यक्रममा […]

‘अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ विषयमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका छन् । मंगलबार ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रियता विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली स्पेनमा छन् ।

मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चारजना पक्राउ

मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले एक हजार ७४ किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाश– ५, कटहरेका ७३ वर्षीय हरिबहादुर वाइबा, ४८ वर्षीय बद्रीबहादुर भनिने बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। उनीहरूलाई कैलाश– ५, कटहरेबाट सोमबार बिहान ८ बजे […]

त्रिभुवन विमानस्थलका ६ पसल कारबाहीमा

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (एयरपोर्ट) का ६ वटा पसललाई कारबाही गरेको छ  । मूल्य हेरफेर गरेको पाइएपछि मंगलबार नियमित अनुगमनमा गएको विभागको टोलीले एयरपोर्टका २ वटा पसललाई ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटालाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । मूल्य हेरफेर गर्ने ईजि […]

मादी गाउँपालिकाले १५ हजार विवाह खर्च दिने, तेस्रो सन्तान जन्माए ५० हजार पुरस्कार

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि रोचक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिका अध्यक्ष देवीजंग गुरुङले मंगलबार गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विवाह खर्चदेखि धेरै सन्तान जन्माउन प्रोत्साहन कार्यक्रम ल्याइएको छ । पालिकाले २० वर्ष उमेर कटेपछि विवाह गर्ने दलित समुदायका महिलाहरूलाई प्रतिव्यक्ति १५ हजार नगद दिने भएको […]

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

थाइल्याण्डको संवैधानिक न्यायलयले प्रधानमन्त्री पाइतोङ्गतार्न सिनावात्रालाई उनको पदबाट निलम्बन गरेको छ । उनीमाथि कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोप छ । उक्त कुराकानीमा उनले थाई सेनाका कमान्डरको आलोचना गरेकी थिइन् । थाइल्याण्डमा यसलाई एक गम्भीर मामिला मानिन्छ, किनभने त्यहाँ सेनाको निकै ठुलो प्रभाव छ । यो कुराकानी बाहिरिएपछि देशभर आक्रोश फैलिएको थियो । […]

वर्षायाममा स्मार्टफोन जोगाउने १० टिप्स

वर्षाको मौसम चलिरहेको छ। त्यसैले यस्तो बेला अफिस वा बाहिर जाँदा अचानक पानी पर्न सक्छ। पानी परेको बेला भिजेको हातले मोबाइल प्रयोग गर्नु केवल कठिन मात्र होइन, खतरनाक पनि हुन सक्छ। त्यसोभए वर्षाको मौसममा आफ्नो स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने त ? यी हुन् १० टिप्स : १. वाटरप्रुफ कभर वा केस प्रयोग गर्नुहोस् वर्षा याममा […]

नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ

नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् । विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ । स्कुटरमा सवार […]

दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले दुई हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ […]

क्लब विश्वकप: क्वाटरफाइनलमा पुग्न रियल र युभेन्ट्स भिड्दै

क्लब विश्वकप फुटबलको अन्तिम १६ को खेलमा आज (मंगलबार) राति रियल मड्रिडले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । हार्ड रक्स स्टेडियममा हुने रियल र युभेन्ट्सबिचको खेल राति १२ः४५ मा सुरु हुनेछ । युभेन्ट्स समूह ‘जी’ को दोस्रो स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । यता रियल भने समूह ‘एच’ को शीर्ष स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो […]