क्लब विश्वकप फुटबलको अन्तिम १६ को खेलमा आज (मंगलबार) राति रियल मड्रिडले युभेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । हार्ड रक्स स्टेडियममा हुने रियल र युभेन्ट्सबिचको खेल राति १२ः४५ मा सुरु हुनेछ ।
युभेन्ट्स समूह ‘जी’ को दोस्रो स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । यता रियल भने समूह ‘एच’ को शीर्ष स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आजको खेलमा जित निकाल्दै दुवै टोली अघिल्लो चरणमा स्थान बनाउने योजनामा रहेका छन् । रियल स्पेनिस महारथिको साख जोगाउने योजनामा छ ।
यता इटालियन युभेन्ट्स आजको खेलमा जित निकाल्दै आफूलाई बलियो साबित गर्ने योजनामा छ ।