मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मजबुत बनाउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विज्ञ उप्रेतीले विपद् आउनुभन्दा २४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समुदायमा पुगेको खण्डमा ३० देखि ४० प्रतिशत हानी नोक्शानी घटाउने बताउनुभयो । उहाँले राष्ट्रिय मानक कार्य सञ्चालन प्रक्रिया (एसओपी) बनाएर पूर्वतयारी गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विगतका मनसुनजन्य विपदहरुबाट पाठ सिकेर अगामी दिनमा त्यस्तो अवस्था आउन नदिन पूर्वसूचना प्रणालीको विकास गरी प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जलवायुविद् डा. बसन्त अधिकारीले सरकारलाई विज्ञानमा आधारित विपद् पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका गर्नुभयो । उहाँले प्राकृतिक प्रकोपलाई मानवीय लापरबाहीका कारण विपद् बन्न नदिन समेत सरकारको ध्यानाकर्ष गराउनुभयो । डा. अधिकारीले मनसुनजन्य बाढी, पहिरो र डुवानसम्बन्धी तयारीबारेको छलफलमा खानी तथा भूगर्भ विभागको गैरहाजिरीप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

बैठकमा बिहीबार मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्युनिकरणका लागि सरोकारवाला निकायहरुसँग छलफल भएको छ ।