टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा हुने भएकी छन्।जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने बस्नेतलाई […]
दमौलीमा पानीको हाहाकार

तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानीघट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि […]
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट शुभारम्भ गरेका हुन्। यो एपमा विदेशमा […]
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

भारतबाट लागुऔषधसहित नेपाल आएका दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४, ठाँडी बजारमा प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको गाडी बिआर ३२ एडी ६९९३ मा सवार दुई भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लाको ग्राम पञ्चायत झौरा पथराहीका ४० वर्षीय […]
इरानमा फसेका तीन नेपाली दिल्ली आइपुगे

द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपाली नागरिक भारत आइपुगेका छन्। भारत सरकारले आफ्ना नागरिकसँगै नेपाली नागरिकलाई पनि उद्धदार गरेको हो। बुधबार राति तीन नेपालीसहित २७२ भारतीय नागरिक दिल्ली आइपुगेका छन्। ‘अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बीचमा अपरेशन सिन्धु सुरु गरिएको थियो । नेपालले भारत सरकारलाई […]
औसतभन्दा बढी वर्षाको सम्भावना

यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराउनुभएको हो । उहाँका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वषा हुने सम्भावना ५५ देखि […]
फेवाताल सीमाङ्कनमा तीव्रता: पोखरा मेयर धनराज आचार्यको स्थलगत निरीक्षण, ३६० पोल गाडिए

पोखराको शान र प्राकृतिक सम्पदाको प्रतीक फेवातालको सीमाङ्कन र संरक्षणमा पोखरा महानगरपालिकाले ऐतिहासिक कदम चालेको छ। सर्वोच्च अदालतको आदेशअनुसार तालको सीमाना सुनिश्चित गर्दै सीमा स्तम्भ गाड्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। जेठ १७ गतेदेखि सुरु भएको यस अभियानमा हालसम्म ३६० वटा सीमा स्तम्भहरू गाडिएको पोखरा उपत्यका नगर विकास समितिका प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो। […]
खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव

राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त संकल्प प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले खानेपानी सबै प्राणीहरूको […]
परामर्श तथा समन्वय उपसमितिको बैठक लम्बिँदा शिक्षा समिति बैठक बस्न ढिलाइ

प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसिरहेको छ । विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसिरहेको हो । मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ । उपसमितिको बैठकपछि समितिको बैठक बस्ने छ । १ बजेका लागि […]
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्र गर्न सुरु

लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ । यस खण्डअन्तर्गत उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो । गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए । उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक […]