पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच बालुवाटारमा राती दुई घण्टासम्म भयो, सवाल जवाफ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार राती दुई घण्टा लामो वार्ता भएको छ।

भण्डारी र ओलीबीच नेकपा एमालेको आगामी अध्यक्षका लागि द्वन्द्व चलिरहेको ब्यापक चर्चा चलिरहेको बेला उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राती सात बजेदेखि नौ बजेसम्म वार्ता भएको हो।

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा दुई घन्टा सघन छलफल भएको बालुवाटार स्रोतले बताएको भन्दै जनताटाइम्स डट कमले समाचार लेखेको छ। छ । भेटमा पूर्वराष्ट्रपति भण्डारीले अनेरास्वबियुको सम्मेलनमा ब्यक्त अभिब्यक्ति आफूप्रति लक्षित हो कि होइन भनेर ओलीलाई सोधेको समाचारमा उल्लेख गरिएको छ।

जवाफमा अध्यक्ष ओलीले तलतलसम्म केही ब्यक्तिहरु अनावश्यक बखेडा झिक्न लागेको बिषयलाई आफूले संकेत गरेको भन्दै आफू अध्यक्ष रहेकोले कुनै पनि ब्यक्ति लक्षित टिप्पणी नगरेको बताएको प्राप्त समाचारमा उल्लेख छ। समाचार स्रोत भन्छ , “तपाईको बिषयमा मैले टिकाटिप्पणी गर्दै हिडछु होला र भन्दै अध्यक्ष ओलीले सो बिषयमा अन्यथा नबुझ्न आग्रह गर्छु” भनेर भण्डारीलाई ओलीले आश्स्त पारेको बताइएको छ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले आफूसँग भेटन आउने एमालेका नेता कार्यकर्तामाथि केन्द्रीय कार्यालयको नाममा बिभेदपूर्ण ब्यवहार भइरहेको गुनासो गरेकी समाचार स्रोतहरुले उल्लेख गरेका छन्।

दुवै नेताले आफूहरुको नाम लिएर एमालेभित्र असन्तुष्टि बढाउने खेल भइरहेको भन्दै त्यसप्रति सजग रही एकतावद्ध एमाले बनाउने काममा लाग्ने साझा निष्कर्षसमेत निकालेको समाचार स्रोतहरुले बताएका छन्।

यस्तै दुई नेताबीच मुलुकको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा समेत प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन् । यसैगरी प्रधानमन्त्री ओलीले आगामी १४ गतेबाट हुन लागेको युरोप भ्रमणको बिषयमा जानकारी गएको स्रोतहरुले जानकारी दिएको प्राप्त समाचारमा उल्लेख छ ।

पछिल्लो समय राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला उनीहरूबीच भेटबार्ता भएको हो। पछिल्लो समय एमालेकै नेताहरु अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको कित्तामा बाँडिन थालेको अवस्थामा दुई नेताबीच लामो बार्ता भएको हो ।
यो भेटलाई एमाले पंक्तिभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।