पाँचऔंलेलगायतका जडिबुटीसहित एकजना पक्राउ

पाँचऔंलेलगायत विभिन्न जडिबुटीसहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार बुधबार दिउँसो १ बजे  बुटवल उपमहानगरपालिका– २ आँखा अस्पताल भिमसेन टोलबाट ती व्यक्तिलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने अहमद्दीन अलीको घर भाडामा लिई बस्दै आएका जुम्ला कन्कासुन्दरी […]

एशिया कप छनोटको तयारी गर्दै नेपाल

एएफसी एशिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले प्रशिक्षण गरिरहेको छ । नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरिरहेको हो । उज्वेकिस्तानमा हुने क्वालिफायरका लागि महिला टोलीले तयारी गर्दैछन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि टोलीमा जोडिएका छन् […]

राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई  दर्ज्यानी  चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए । यससँगै महानिरीक्षक अर्यालले बुधबार उनलाई एक कार्यक्रमका बिच दर्ज्यानी  चिह्न प्रदान गरेको सशस्त्र […]

राष्ट्रिय युवा परिषदको आयोजनामा युवा वैज्ञानिक सम्मेलन

नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा आयोजित एक दिने युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) परिसरमा आयोजना भएको सम्मेलनमा वैज्ञानिक खोज र अनुसन्धानमा रुची राख्ने २५० भन्दाबढी युवा सहभागी छन्। सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको निर्णायक […]

जुम्लामा भेँडापालक किसानलाई गोठालो भत्ता

 जुम्लाका आठवटै स्थानीय तहका भेँडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन् । भेँडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेँडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए । कार्यालयबाट प्रदान गरिएको उक्त […]

बंकर बस्टर बम के हो ? जसले इरानी भूमिगत आणविक केन्द्र ध्वस्त पार्न सक्छ

इरान र इजरायलबीचको पछिल्लो सैन्य टकरावले सम्पूर्ण पश्चिम एसियालाई तनावग्रस्त बनाएको छ । पछिल्ला केही दिनमा इजरायलले इरानमाथि तीव्र हवाई आक्रमणहरू गरेको छ, जसमा ईरानी सेनाका उच्च अधिकारीदेखि लिएर तेल प्रशोधन केन्द्रहरूसम्म ध्वस्त भएका छन् । तर, यी सबै क्षतिहरूका बाबजुद, इरान अझै पनि इजरायलका लागि ठूलो सुरक्षा चुनौतीको रुपमा रहेको इजरायलले बताउँदै आएको छ […]

सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बिहान विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा प्रहरीले साढे ४२ लाख भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय करमैयाको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बालिष्टर […]

गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल

गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए ।बजेटमाथि यही असार १२ गतेसम्म प्रदेशसभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए […]

सिरहाको मिर्चैयाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

सिरहाको मिर्चैयाबाट प्रहरीले कडा खालको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित स्थानीय तीन जना युवकलाई पक्राउ गरको छ ।मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट सुरक्षा गस्तीमा खटिएको प्रहरीले मिर्चैया नगरपालिका ५ को खाली घरबाट स्थानीय तीन जना युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानका अनुसार […]