पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।

प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने कार्य सुरु गर्न नसकिएको डिएसपी सारुको भनाइ छ । प्रहरीका अनुसार पहिरो झर्न रोकिएपछि मात्रै सडक खुलाउने कार्य अघि बढाइने छ ।