सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन

नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री […]
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते हुने

असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिनुभएको हो । साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रश्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद […]
‘धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यक’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र र म्युजिक भिडियोमा धुम्रपान र मद्यपान गरेको दृश्यमा कडाई गर्न आवश्यक रहेको बताउनुभएको छ । चलचित्र र म्युजिक भिडियोका दृश्यमा सूर्तीजन्य पदार्थको प्रयोग, प्रभाव र कानूनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सोहीअनुरुप कार्यान्वयन हुनुपर्ने बताउनुभभएको हो । उहाँले छिमेकी मुलुक भारतमा २००५ मा सिनेमा हलमा चलचित्र […]
स्याङ्जामा चट्याङले लागेर एक जना घाइते

स्याङ्जाको भिरकोट नगरपालिकामा आइतबार राति चट्याङ पर्दा एक जना घाइते भएका छन् घाइते हुनेमा भिरकोट नगरपालिका ४६ वर्षीय देउ बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङको झड्का लाग्दा थापाको दाहिने हातमा चोट लागेको हो । उनको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
प्रथम गण्डकी लोक ताराको फाइनल असार ७ गते हुने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूतसँग भेट गरी इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे जानकारी लिएकी छन् । नेपालका लागि इजरायलका राजदूत स्मगलर एरी बाससँग परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री राणाले युद्धको अवस्थामा इजरालमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् । मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित […]
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग

देशभरका सीएसआईटी विद्यार्थीहरूले भोगिरहेका समस्याहरूको समाधानको माग गर्दै डीनलाई ज्ञापनपत्र बुझाइएको छ। स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स (एसएसीएस) ले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन शंकरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापन पत्रमा बिएस्सी सीएसआईटी कार्यक्रम सञ्चालित कलेज तथा क्याम्पसहरूमा कार्यविधि अनुसार पूर्णकालिक शिक्षकलाई मात्र कार्यक्रम संयोजकको रूपमा नियुक्त गरिनुपर्ने प्रावधान उल्लङ्घन भएको जनाइएको […]
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला

सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् । ‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका […]
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ

मकवानपुरको राक्सिराङबाट लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बाट लागूऔषध र हातहतियार (२ थान पेस्तोल) सहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँ पालिका–१ स्थित राजु स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काका अनुसार विशेष सूचनाका […]