इजरायल र इरानबीच तनाव चर्किँयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इजरायलले इरानमा आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ ।

इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली रक्षा बल ९आईडीएफ० ले पनि राति नै इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको बताएको छ ।

पछिल्लो इरानी आक्रमणमा परेर इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् तर इरानले इजरायली आक्रमणबाट भएको हताहतको कुनै उल्लेख गरेको छैन ।

इरानको तेल मन्त्रालयका अनुसार इजरायलले तेहरानको शाहरान तेल डिपो र त्यहाँ रहेका इन्धन भरिएका ट्याङ्कीहरूलाई निशाना बनाएको छ । यद्यपि इरानले स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

गएको शुक्रवारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर शुरू गरेको थियो । इजरायलले आफ्नो कारबाही हप्तौं चल्न सक्ने बताएपछि र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका नागरिकलाई आफ्ना शासकहरूविरुद्ध उठ्न आग्रह गरेपछि क्षेत्रीय द्वन्द्वको डर बढेको खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे पनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै इजरायल र इरानले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो । रुस–युक्रेन, इजरायल–हमास युद्ध चलिरहेका बेला इरान र इजरायलबीच पनि द्वन्द्व बढेपछि विश्वकै आर्थिक र राजनीतिक सङ्कट थप चुलिने चिन्ता थपिएको छ ।