नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि आज (बिहीबार) मतदान हुँदै छ।

निर्वाचन कमिटीले प्रकाशन गरेको कार्यतालिका अनुसार आज ८ बजेदेखि मतदान हुने लागेको हो ।

मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । राम लक्ष्मण इनोभेसनका विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर बिहान ८ बजेदेखि मतदान हुनेछ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए।

निर्वाचन कमिटीले यसअघि बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ।  कार्यतालिका अनुसार मतदानको काम सकिएपछि मतगणना, निर्वाचन परिणामको घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यतालिका रहेको छ ।

नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

अनेरास्ववियुको अध्यक्षका लागी डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । कडरियाको प्यानलबाट दिपक धामी र पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् ।