लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ। प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार बैठकले प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका […]
गोरखामा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते
गोरखाको पालुङटार नगरपालिका-१ सुन्दरखोलास्थित बाह्रकिलो-बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन्। छेपेटारबाट चोरकाटेतर्फ जाँदै गरेको ना ६ त ५८५१ नम्बरको ट्र्याक्टरको पछाडिको ट्रली मंगलबार बिहान करिब १०:४५ बजे दुर्घटनामा परेको हो। ट्रली पल्टिँदा त्यसमा सवार पाँचै जना घाइते भएका हुन्। दुर्घटनालगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि गोरखास्थित छेपेटार अस्पताल […]
धान बिक्रीका लागि सरकारले किसानलाई कुपन वितरण गर्ने
सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । दुई मन्त्रालयबीच भएको समन्वयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको […]
सिभिल अस्पतालमा पहिलो पटक इक्मो रिट्रिभलमार्फत् गम्भीर निमोनियाको सफल उपचार
रहेको सिभिल अस्पतालमा गम्भीर निमोनियाका कारण सिकिस्त बनेका एक बिरामीको सफल उपचार भएको छ। स्वयम्भूका ४२ वर्षीय सन्तोष शर्मा (नामथर परिवर्तन) उपचारपछि मंगलबार डिस्चार्ज भएका छन्। इक्मो (एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) रिट्रिभलमार्फत उपचार गरिएको सिभिल अस्पतालमा यो पहिलो पटक हो। तीन महिनाअघि सिभिल अस्पतालमा भित्र्याइएको इक्मो उपकरणमार्फत शर्माको गम्भीर निमोनियाका कारण पूर्णरूपमा संक्रमित भएको फोक्सोको सफल […]
पोखराको खराब सुरुवात, १५ रन जोड्दा गुमायो ३ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सविरुद्ध निकै खराब सुरुवात गरेको छ। कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले ३.५ ओभरमै आफ्ना सुरुवाती ३ विकेट गुमाएको छ। पोखराले ३.५ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा मात्र १५ रन बनाएको छ। लुम्बिनीका तीव्र गतिका विदेशी बलर रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै […]
सरकारले दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने
सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी […]
भ्रष्टाचार मुद्दा दायर भएसँगै कर्णाली प्रदेश सभा सचिव स्वतः निलम्बनमा
कर्णाली प्रदेश सभाका सचिव डा.अर्जुनकुमार खड्का निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा कर्णाली प्रदेश सभाका सचिव डा. खड्काको नाम पनि समावेश छ । रिजाल क्यानिङ एण्ड […]
मन्त्रालयको सूचना पोर्टलमा पर्याप्त रगत, तर अस्पतालमा पाइँदैन
अहिले देशमा रगतको अभाव अत्यधिक बढेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा भने देशभर जम्मा ९ हजार २४३ पिन्ट रगत मौजुद रहेको र विभिन्न रक्त समूहका रगतहरू पर्याप्त मात्रामा उपलब्ध भएको तथ्याङ्क देखाएको छ । तर, डिजिटल पोर्टलमा यति धेरै रगत देखाइए पनि अस्पताल वा रक्तसञ्चार केन्द्रमा पुग्दा बिरामीले भने उल्लेख […]