गोरखामा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गोरखाको पालुङटार नगरपालिका-१ सुन्दरखोलास्थित बाह्रकिलो-बारपाक भित्री सडकखण्डमा इँटा बोकेको ट्र्याक्टरको ट्रली पल्टिँदा पाँच जना घाइते भएका छन्।

छेपेटारबाट चोरकाटेतर्फ जाँदै गरेको ना ६ त ५८५१ नम्बरको ट्र्याक्टरको पछाडिको ट्रली मंगलबार बिहान करिब १०:४५ बजे दुर्घटनामा परेको हो। ट्रली पल्टिँदा त्यसमा सवार पाँचै जना घाइते भएका हुन्।

दुर्घटनालगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि गोरखास्थित छेपेटार अस्पताल लगिएको छ।

घाइते हुनेहरू सबै गोरखा नगरपालिका-१० छेपेटारका बासिन्दा हुन्। जसमा ३५ वर्षीय प्रदीप तामाङ, ३१ वर्षीय कुमार तामाङ, ३८ वर्षीया फूलमाया नेपाली, ३७ वर्षीय मैते लामा र ४९ वर्षीया पदमकुमारी थापा रहेका छन्।

दुर्घटनाको यकिन कारण खुल्न नसकेको र यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।