विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’

अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको दृश्य कस्तो थियो भनेर बताएका छन् । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘म घरमा बसिरहेको थिएँ, अचानक ठुलो आवाज आयो। भूकम्प आएको जस्तो महसुस भयो। चारैतिर धुवाँ थियो। मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ। जब हामी यहाँ आयौं, अनि मात्र दुर्घटनाबारे मलाई थाहा भयो। जब […]
झलनाथले अस्पतालमा भेटे मोहन वैद्य

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेता मोहन वैद्य किरणलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनाल वैद्यलाई भेट्न बिहीबार साढे ३ बजे अस्पताल पुगेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ‘किरण’ जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । यसअघि वैद्यलाई […]
यो विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।

एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई१७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो। फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ। अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन्।’ ‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको […]
मनिष झाको दाबी– छानबिन समिति बनाउन प्रतिपक्षी एकमत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को सङ्गठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ । बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । ‘आजको पहिलो चरणको बैठकको निष्कर्ष: […]
२४२ यात्रु सवार एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त

एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल […]
महिला स्वरोजगारमा टेवा दिन पोखरा–८ मा मखमली बुट्टा तालिम सुरु

पोखरा महानगरपालिका वडा नं. ८ मा महिलाहरूको सीप अभिवृद्धि तथा स्वरोजगार प्रवर्द्धनका लागि १० दिने “मखमलीमा बुट्टा भर्ने तालिम” सुरु गरिएको छ। वडास्तरीय कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिम वडा कार्यालयको सभाहलमा प्रारम्भ भएको हो। तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रूद्रनाथ बरालले अध्यक्षता गर्नुभयो। वडा सदस्य गोविन्द बराल र हिराकाजी श्रेष्ठले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो भने […]
तुइनमुक्त कर्णाली नीति : नयाँ आर्थिक वर्ष सुरु नहुँदै कार्यान्वयन गर्न मागियो विवरण

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा तुइन मुक्त कर्णाली बनाइने नीति लिएको छ । जेठ २१ गते कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्ष (०८२–०८३) को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तुइन विस्थापित गरिने बताएका थिए । नीति तथा कार्यक्रममा भनिएको छ, ‘पर्यटकीय महत्त्व भएका स्थान र दुरी घटाउन झोलुङ्गे पुल निर्माण गर्नुका साथै […]
वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट २०७८ असार १० गते न्याय परिषद् सदस्य नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गते सकिँदै छ । भण्डारी पदावधि सकिएर अवकाश हुन लागेपछि रिक्त ठाउँमा प्रधानमन्त्री ओलीले नेपालको नाम सिफारिस गरेका हुन् । संसदीय […]
कर्णालीमा प्राविधिक शिक्षाको अवस्था कमजोर छ : मन्त्री भण्डारी

कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा प्राविधिक शिक्षाको अवस्था कमजोर रहेको बताएका छन् । सरकारको उद्देश्य हरेक पालिकामा प्राविधिक शिक्षा पुर्याउने भए पनि भएका प्राविधिक शिक्षालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको उनले बताए । ‘प्राविधिक शिक्षालय भनियो तर काम शून्य भयो,’बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा […]
विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन […]