झलनाथले अस्पतालमा भेटे मोहन वैद्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेता मोहन वैद्य किरणलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनाल वैद्यलाई भेट्न बिहीबार साढे ३ बजे अस्पताल पुगेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव वैद्य ‘किरण’ जेठ १८ गतेदेखि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।

यसअघि वैद्यलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि भेटेका थिए ।