पोखरा महानगरपालिकाले चिकित्साशास्त्र (एमबीबीएस) अध्ययनका लागि तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा यो छात्रवृत्ति कार्यक्रम अघि बढेको हो।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै इच्छुक नगरवासीलाई तोकिएको मापदण्डअनुसार आवेदन पेस गर्न अनुरोध गरेको छ। यो छात्रवृत्तिका लागि आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकिएको छ।
यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत लाभान्वित हुने विद्यार्थीले एमबीबीएस अध्ययन पूरा गरेपछि पोखरा महानगरपालिकाभित्र दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने सर्त राखिएको छ। यो पहलले महानगरपालिकालाई दक्ष चिकित्सकहरू उपलब्ध गराउनुका साथै अध्ययन गर्न इच्छुक तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
महानगरद्वारा जारी सूचनाः
