गुटगत राजनीति गर्दिनँ : पूर्व राष्ट्रपति भण्डारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् ।

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् ।

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन् ।

उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन् ।

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन् । एमालेको सङ्गठित सदस्य लिनु भन्दा अगाडी देखि नै पार्टीमा काम गरेको र सवैसंग चिनजान रहेकाले आफुलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उनको भनाई छ