देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार सरकारले देशभरका नगरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गर्न लागेको हो ।
यो रकम अघिल्लो वर्षको भन्दा १४.४८ प्रतिशत बढी हो । अघिल्लो वर्ष अघिल्लो वर्ष ११ अर्ब ७३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
पोखराले ३ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको बजेट पाएको हो । अघिल्लो वर्ष पोखराले ४ अर्ब ५७ लाख रुपैयाँ अनुदान पाएको थियो । यो अघिल्लो वर्षभन्दा ८.९९ प्रतिशतले कम हो ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाले यो वर्ष २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ ।भरतपुर महानगरपालिकाले यो वर्ष २ अर्ब ३६ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ ।
त्यस्तै, वीरगन्ज महानगरपालिकाले यो वर्ष १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ ।ललितपुर महानगरपालिकाले यो वर्ष १ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ । विराटनगर महानगरपालिकाले यो वर्ष १ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बराबरको अनुदान पाएको छ ।