सङ्घ सरकारबाट पौने १२ अर्ब अनुदान, पोखरा महानगरलाई सबैभन्दा धेरै बजेट

देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार सरकारले देशभरका नगरपालिकालाई ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गर्न लागेको हो । यो […]
फेवाताल सीमाङ्कन तेस्रो दिन: रत्न मन्दिर नजिक १२ सीमा स्तम्भ गाडिए

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम सुरु भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । तेस्रो दिन ऐतिहासिक रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनुभयो […]
यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका […]
उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’ उनले नेपालमा जन्मिएको बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने बताए । उनका अनुसार यसले नोटको महत्त्व बढाउनेछ ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् । सोमवार अर्थ समितिमा बाफिया बारेको छलफलमा भाग लिँदै उहाँले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् । उनले भने– ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । […]
पोखरा–७ मा ४० गर्भवती महिलालाई अन्डा र ओट्स वितरण

पोखरा, — पोखरा महानगरपालिका वडा नं. ७ ले गर्भवती महिलाहरूको स्वास्थ्य सुदृढ बनाउन पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत ४० जना गर्भवती महिलालाई ५० हजार रुपैयाँ बराबरको अन्डा र ओट्स प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष राम मोहन आचार्यले अध्यक्षता गर्नुभयो। उहाँले कार्यक्रमको उद्घाटन गर्दै भने, “वडा कार्यालय सधैं […]
अर्थमन्त्री र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । स्वाँरले वार्ताका लागि […]
नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी रहेको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारीको सहभागी रहेका छन् ।कांग्रेसका शीर्ष तहका एक नेताका अनुसार बैठक भ्रातृ संस्था, समसायिक विषयमा रहेको जाननकारी गराए । कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न समयावधि दिएपछि मुख्य भ्रातृ संस्थाहरुले निर्वाचित समिति ल्याउन सकेका छैनन् । नेविसंघ, तरुण […]
सन् २०२६ को महिला एसिया कप तयारी : दुईपटक विश्वकप खेलेको थाइल्यान्डसँग खेल्दै नेपाल

सन् २०१५ र ०१९ मा फिफा विश्वकपको अनुभव बटुलेको थाइल्यान्ड विश्व वरीयतामा ४७औँ र नेपाल ९९औँ स्थानमा सन् २०२६ को एसिया कप छनोटको तयारी गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबार थाइल्यान्डसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा विश्वकपको अनुभव सँगालिसकेको थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दा नेपालले आफ्नो क्षमताको परीक्षण गर्नेछ । थाइल्यान्डको महिला टोलीले सन् १९८३ […]
रास्वपाले बोलायो सचिवालय र दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्नेछ । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण […]