फेवाताल सीमाङ्कन तेस्रो दिन: रत्न मन्दिर नजिक १२ सीमा स्तम्भ गाडिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम सुरु भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो ।

तेस्रो दिन ऐतिहासिक रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनुभयो । यसअघि शनिवार पिल्लर गाड्ने कार्यको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो ।

तालको सिमाक्षेत्रमा पिल्लर गाड्ने कार्यमा प्राविधिक, नगर प्रहरी र अन्य समेत गरी कर्मचारीहरू खटाइएको प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार करिब १ महिना भित्रमा तालको सीमा क्षेत्रमा पिल्लर गाड्ने काम सक्ने र दोस्रो चरणको काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ ।

तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ।