राजावादीले फिर्ता लिए बन्द आह्वान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए।

तर प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जानकारी दिएको छ।

बन्दबारे राजावादीभित्रै मत बाझिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले बन्दमा सहभागी नहुने निर्णय गरेको थियो।